देवघाट महा–महोत्सवः सांसद चन्द्र भण्डारीद्वारा सनातन हिन्दु राज्य बनाउनुपर्नेमा जोड

Devghat Online

शेयर गरौ

देवघाट, माघ १०

नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीले नेपाल राज्यलाई सनातन हिन्दु राज्य बनाउनु पर्नेमा जोड दिएका छन् । देवघाटधाममा जारी देवघाट महा–महोत्सवमा बुधबार सम्बोधन गर्दै सांसद भण्डारीले सनातन धर्मको रक्षाले मात्र नेपाल र नेपालीको अस्तित्व रक्षा हुने बताए । विश्व नै अहिले सनातन तर्फ लम्कदै गरेको भन्दै उनले नेपालको राष्ट्रिय स्वाभिमान सनातन धर्मको रक्षाबाट मात्र सम्भव हुने बताए ।

मानव सभ्यता र जीवनको सफलताका लागि भौतिक विज्ञान र अध्यात्म दुवै अपरिहार्य रहेको औंल्याउँदै भण्डारीले वर्तमान समाजमा सनातनी हिन्दुहरूको पहिचान कमजोर हुँदै गएकोप्रति चिन्ता प्रकट गरे । उनले भने ‘हामी सबै सनातनी हौँ, तर आजको समाज सन्तान हिन्दु धर्मको मूल के हो, हाम्रो कर्तव्य के हो, र हामी को हौँ भन्ने प्रश्नमा विमुख हुँदै आफ्नो पहिचान गुमाउँदै गएको छ ।’ सांसद भण्डारीले शक्ति, पैसा र हतियारमा आधारित आजको विश्व व्यवस्थाले मानवता संकटमा पारेको उल्लेख गर्दै यस्तो अवस्थामा विश्व र मानवता बचाउन धर्मगुरुहरूले नेतृत्व लिनुपर्ने बताए । सनातनी हिन्दुहरूको ‘वासुदेवकुटुम्बकम’ सिद्धान्तले नै विश्व शान्ति र एकता सम्भव बनाउने विश्वास व्यक्त गर्दै उनले हिन्दु दर्शनले मात्र मानवीय संकट समाधान गर्न सक्ने बताए ।

सांसद भण्डारीले महोत्सवमा मातृशक्तिको उल्लेख्य सहभागिता रहेकोमा विशेष प्रशंसा गर्दै भने, ‘आज यहाँ मातृशक्तिको अपार उपस्थिति देख्दा यही शक्ति देशलाई मात्र होइन, सम्पूर्ण विश्वलाई सनातनी राज्य बनाउने दिशामा अघि बढ्न सक्छ भन्ने विश्वास जागेको छ ।’ उनले समाजमा केही ठाउँमा सनातनी हिन्दुहरूलाई नकारात्मक दृष्टिले हेरिएको, सैतान आदि भन्ने गरेको सुन्नुपरेकोमा दुःख प्रकट गर्दै भने, ‘हामी सनातनी हिन्दुहरू कुनै पनि जीवको अस्तित्वमा भेदभाव नगर्ने, मानवता र ममता बोकेका वास्तविक मानव हौँ। यो तथ्यलाई समाजले बुझ्न आवश्यक छ ।’

सांसद भण्डारीले वेद, उपनिषद् र अन्य हिन्दु धर्मग्रन्थहरूको अध्ययन–अध्यापनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। उनले यो कार्यले सनातन धर्मको जगेर्ना मात्र नगरी समग्र समाजलाई नै जागरूक बनाउन मद्दत गर्ने उल्लेख गर्दै भने ‘कुनै भेदभाव बिना सबैलाई हाम्रा वेदादी शास्त्र अध्ययन गर्न दिनुहोस्, यसो गर्दा सनातन हिन्दु राष्ट्र बनाउने सपना पूरा गर्न कसैले रोक्न सक्दैन ।’

सांसद भण्डारीले देवघाट महा–महोत्सवको अवलोकन गर्नुका साथै कथा श्रवण गरेका थिए । निर्माणाधीन मातापिता सेवाश्रम र देवघाट दिव्यधामको प्रशंसा गर्दै उनले यस धार्मिक अभियानले सनातन धर्मको संरक्षण, प्रवद्र्धन र मानव कल्याणमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे ।

उनले देवघाट महा–महोत्सवले यस्तो सत्कार्यको सुरुवात गरून् भन्ने शुभकामना व्यक्त गर्दै महोत्सव आयोजकहरूको प्रयासको खुलेर प्रशंसा गरे । उनले मातापिता सेवाश्रम र देवघाट दिव्यधामको परिकल्पना संकल्पकर्ता ईश्वरकृष्ण महाराजको कार्यलाई ‘मानव कल्याणको अनुपम उदाहरण’ भन्दै यस अभियानमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक