चितवनको इच्छाकामनामा मिनि ट्रक पल्टिँदा १९ वटा खसी बोका मरे

Devghat Online

शेयर गरौ

चितवन, माघ २७

चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै मिनि ट्रक पल्टिँदा १९ वटा खसी बोका मरेका छन् ।

आज बिहान साढे ६ बजेको समयमा १४३ वटा खसी बोका लोड गरी बर्दियाबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

मिनि ट्रकमा च्यापिएर १९ वटा खसी बोका मरेका हुन् । ट्रक पल्टिँदा मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

उक्त मिनि ट्रक बर्दिया राजापुर नगरपालिका–३ बस्ने वर्ष २५ को बुद्धिराम थारुले चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध