बन्दीपुर गाउँपालिकामा बेमौसमी तरकारी खेतीसम्बन्धी दुई दिने तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दीपुर, माघ ३०

बन्दीपुर गाउँपालिका कृषि विकास शाखाको आयोजनामा बेमौसमी तरकारी खेती माघ २८ र २९ गते सम्पन्न भएको छ ।

तालिममा गाउँपालिकाका ६ वटै वडाका कृषकहरू सक्रिय रूपमा सहभागी भएका थिए । गाउँपालिकाले सम्पूर्ण सहभागी कृषकहरूलाई धन्यवाद व्यक्त गरेको छ । तालिममा कृषि ज्ञान केन्द्र तनहुँका बागवानी विकास अधिकृत प्रमोद गैह्रेले सहजीकरण गरेका थिए ।

कृषकहरूको कृषि उत्पादन वृद्धि र व्यावसायिकरणका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । उनले भने, ‘गाउँपालिकाले आगामी दिनमा पनि कृषि क्षेत्रको प्रवद्र्धनका लागि यस्ता उपयोगी तालिमहरू सञ्चालन गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास