फागुन महिनाभर नसर्ने रोगको निःशुल्क परीक्षण हुने

Devghat Online

शेयर गरौ

दमौली, माघ ३०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । फागुन महिनाभर स्थानीय स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको विभिन्न स्वास्थ्य परीक्षण हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

डा.बुढाथोकीका अनुसार मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौल निःशुल्क जाँच गरिनेछ । फागुन महिनामै पाठेघरको मुखको क्यान्सरविरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी मन्त्रालयको छ ।
निरोधात्मक विधिबाट रोगहरूविरुद्ध प्रतिकारात्मक अभियान चलाउने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले घोषणा गरेका थिए । मन्त्री पौडेलले गत मंसिर १६ गते यस सम्बन्धी निर्देशिका स्वीकृत गरेका थिए । सोही अनुसार मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारको लक्ष्य राखी फागुन १ गतेबाट एक महिने परीक्षण अभियान सञ्चालन गर्न लागेको प्रवक्ता डा.बुढाथोकीले बताए ।

देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । परीक्षणमा यी नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । प्रवक्ता डा.बुढोथोकीका अनुसार स्थानीय स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, स्थानीय तहमा रहेका आधारभूत अस्पताल, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलगायतमा निःशुल्क स्वास्थ्य परीक्षण हुनेछ । यो परीक्षणमा कुनै रोग देखिएर उपचारका आवश्यक परेमा प्रादेशिक र संघीय अस्पतालहरूमा रिफर गरिने उनको भनाइ छ ।

निःशुल्क परीक्षणकै लागि संघले यो वर्ष छुट्टै बजेट छुट्याएको छैन् । आगामी आर्थिक वर्षदेखि भने संघले बजेट बिनियोजन गर्ने गरी तयारी भएको डा.बुढाथोकीले जानकारी दिए । ‘यसपाली सम्बन्धित स्वास्थ्य संस्थाकै बजेटले गर्ने भन्नेछ’ डा.बुढाथोकीले भने, ‘अर्को वर्ष यसरी फागुन महिनामा गरिने परीक्षणकै लागि भनेर संघले बजेट बिनियोजन गर्ने गरी तयारी छ ।’

फागुन महिनाभर स्थानीय स्वास्थ्य संस्थाहरुमा कार्यालय समयमा गएर परीक्षण गर्न सकिनेछ । परीक्षणका लागि जाँदा उमेर खुल्ने कुनै सरकारी कागजात लिएर जानुपर्ने बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक