एमाले देवघाट ५ को अध्यक्षमा ढकाल

Devghat Online

शेयर गरौ

देवघाट । फागुन १७

नेकपा एमाले देवघाट गाउँ कमिटि वडा नम्बर ५ को अध्यक्षमा विकास ढकाल चयन भएका छन् । वडा कमिटिको शनिबार सम्पन्न दोस्रो अधिबेशनले ढकालको अध्यक्षतामा १५ सदस्यिय वडा कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा दिपक थापा, सचिवमा विष्णु वहादुर सिंजाली, उपसचिवमा कोपिला भुजेल तथा सदस्यहरुमा विमल बोटे, कोपिला आले, कुमारी गुरुङ, पुर्ण वहादुर थापा, शेर वहादुर थापा, प्रेम थापा, गोपाल आर्याल, शरोज शर्मा, टिकिसरा गुरुङ, भरीमाया गुरुङ, नवराज गुरुङ चयन भएका छन् ।

उक्त अधिवेशनको नेकपा एमालेको केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठले उद्घाटन गरेका थिए । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले देवघाटको एमाले संगठन मजवुत भयोभने र स्थानिय सरकारमा एमालेका उम्मेदवारहरु बिजयी भएभने जनताको भविष्य सुनिश्चित हुने बताए । स्थानिय नेताको जिम्मेवार भुमिका कमजोर भयो भने एमाले भनेर बसेका जनताहरुलाई असर पर्ने हुदा एकजुट भएर अगाडि बढ्नुपर्ने श्रेष्ठले बताए ।

सो कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले तनहुँ जिल्ला अध्यक्ष हरिराज कंडेल, जिल्ला कमिटिका सदस्यहरु बाबुराम अधिकारी, यालबहादुर गुरुङ, केशवचन्द्र न्यौपाने, कमला देवकोटा, शुकु गुरुङ लगायतले मन्तव्य राखेका थिए । नेकपा एमाले वडा नम्बर ५ को वडा कमिटिका अध्यक्ष गणेश थापाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले