राष्ट्रिय फोटो पत्रकार समूह तनहुँको अध्यक्षमा गौतम

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १७

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँको अध्यक्षमा विष्णु गौतम निर्वाचित भएका छन् । शाखाको शनिबार दमौलीमा सम्पन्न दोस्रो अधिवेशनबाट गौतमको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो ।

शाखाको उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा माधव पौडेल, सहसचिवमा सागर गिरी, कोषाध्यक्षमा शिला वाग्ले र सदस्यहरुमा श्रहरि पौडेल र उपेन्द्र खनाल चयन भएका छन् । यस्तै सल्लाहकारमा मदन वाग्ले, अमरराज नहर्की र शंकरराज नहर्की चयन भएका छन् ।

उक्त अधिवेशन कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रीय अध्यक्ष प्रदिपराज वन्त, नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष ओमकार आचार्य, प्रेस चौतारी नेपाल गन्डकी प्रदेशका कोषाध्यक्ष मदन तिमिल्सेना, रिपोर्टस क्लव नेपाल गन्डकीका अध्यक्ष मदन वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा फोटो पत्रकारितामा योगदान पु¥याएवापत राससका संवाददाता कृष्ण न्यौपाने, प्रादेशीक खबरका मदन वाग्ले र प्रहार अनलाइनका शंकरराज नहर्कीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान