आँबुखैरेनीको प्यूघरमा निः शुल्क दन्त शिविर सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १९

आँबुखैरेनी गाउँपालिका र नेलम्बो नेपालको साझेदारीमा वडा नम्बर ६ स्थित प्यूघर सामुदायिक स्वास्थ्य चौकीमा आइतबारदेखि निःशुल्क दन्त शिविर सुरु भएको छ ।

आगामी फागुन २२ गतेसम्म सन्चालन हुने उक्त निःशुल्क दन्त शिविरको गाउँपालिका अध्यक्ष शुक्र चुमानले उद्घाटन गरे । यस शिविरमा वडा नम्बर ५ र ६ का विशेष गरि दक्षिण भेगका स्थानीय बासिन्दाले सेवा लिन सक्ने गाउँपालिकाले जनाएको छ ।

शिविरमा दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, र दाँतको जरा देखि उपचार जस्ता स्वास्थ्य सेवा रहेका छन् । गरीब र विपन्न वर्गका स्थानीय बासिन्दालाई दन्त स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले ५ दिने निः शुल्क दन्त शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।

आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सेवा सुधारको लागी यस्ता आयोजनाहरू निरन्तर सञ्चालन गर्दै आएको अध्यक्ष चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको