तनहुँ । फागुन १९
म्याग्दे गाउँपालिकाद्वारा आयोजित ‘दोश्रो म्याग्दे अध्यक्ष कप–२०८१’ प्रदेश स्तरीय फुटवल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । सोमबार सम्पन्न क्वाटर फाइनलका दुई खेलमा बन्दीपुर र दोर्दी गाउँपालिका बिजयी भए । यससँगै सेमीफाइनलमा आयोजक म्याग्दे सहित शुक्लागन्डकी, बन्दीपुर र दोर्दी गाउँपालिका पुगेका छन् ।
सोमबार सम्पन्न खेलमा आयोजक बन्दीपुर र म्याग्दे गाउँपालिका र शुक्लागन्डकी नगरपालिका बिजयी भएका छन् । सोमबार पहिलो खेल बन्दीपुर गाउँपालिका र अन्नपुर्ण गाउँपालिका कास्की विच भएकोमा बन्दीपुर ३–० गोल अन्तरले बिजयी भएको छ ।
त्यस्तै दोश्रो खेल व्यास नपा र दोर्दी गाउँपालिका विच भएकोमा दोर्दी १–० गोल अन्तरले बिजयी भएको म्याग्दे गाउँपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख विष्णु खत्रीले जानकारी दिए । सेमीफाइनलको पहिलो खेल मंगलबार आयोजक म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका विच तथा दोश्रो खेल बन्दीपुर र दोर्दी गाउँपालिका विच हुने खत्रीले जानकारी दिए ।
‘म्याग्देको पर्यटन विकासका लागि खेलकुँद’ भन्ने मुल नाराका साथ वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । फागुन २३ गते सम्म चल्ने उक्त प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै द्वितीय पुरस्कार १ लाख ५० हजार तथा बिजेता र उपबिजेता टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्र समेत प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । साथै सेमिफाइनल पुग्ने २ टिमलाई १५÷१५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।
त्यस्तै उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । उक्त प्रतियोगितामा ११ वटा स्थानीय तहको सहभागिता रहेको छ ।