बन्दीपुरका ६ वटै वडामा डाक्टरसहितको स्वास्थ्य उपचार सेवा

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २४

बन्दीपुर गाउँपालिकाका ६ वटै वडाहरूमा डाक्टरसहितको स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको छ । समुदायका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रममा मधुमेह जाँच, मृगौला परीक्षण, रक्तचाप मापन तथा उचाइ अनुसारको तौल जस्ता सेवाहरू प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।

नसर्ने रोगहरूको बढ्दो चापलाई मध्यनजर गर्दै समयमा नै रोगको परीक्षण, निदान, उपचार र आवश्यक परामर्श दिने लक्ष्य रहेको गाउँपालिका गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए ।

यसैक्रममा, बन्दीपुर गाउँपालिका वडा नम्बर ६ स्थित धरमपानीमा शुक्रबार एकदिने विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गरिएको थियो । कार्यक्रम बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अनिल गिरी, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख किरण श्रेष्ठ, स्वास्थ्य संस्थाका कर्मचारीहरू तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।स्वास्थ्य परीक्षण कार्यक्रममा करिब ४२ जना नागरिकलाई विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।

वडाध्यक्ष बलबहादुर गुरुङले ग्रामिण समुदायका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रमुख लक्ष्य रहेको बताए । यो कार्यक्रमले स्वास्थ्य परीक्षण गर्न नपाएका नागरिकहरूलाई ठूलो सुविधा पु¥याएको बताउँदै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताए ।

बन्दीपुर अस्पतालका मेसु डा.अनिल गिरीले समयमै रोग पहिचान गरी आवश्यक परामर्श दिन सक्दा जटिल स्वास्थ्य समस्याबाट बच्न सकिने बताए । उनले समुदायस्तरमै विशेषज्ञ सेवा पाउने अवसर नपाएका नागरिकहरूलाई स्वास्थ्य जाँच तथा परामर्श दिन पाउँदा खुसी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय