दुर्घटनामा परि काँग्रेस नेता पौडेलको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २५

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुदा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ । पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । स्व. पौडेलको आइतवार शुनपा–५ बेलचौतारास्थित शुक्ला नागढुङगा शवदाह गृहमा अन्तिम संस्कार गरिएको छ ।

स्व. पौडेलका श्रीमती, १ छोरा र १ छोरी छन् । सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष समेत रहेका स्व. बालकृष्ण शुक्लागण्डकी नागरिक समाज लगायतका सामाजिक संघसंस्थामा समेत क्रियाशिल थिए । नेपाली काङग्रेस शुक्लागण्डकी–५ का पूर्व वडा सभापति समेत रहेका उनले केहि वर्ष दाजु हुमाकान्तसँगै मिलडाडाँमा श्रीराम चलचित्र मन्दिर सञ्चालन गरेका थिए ।

उनको निधन प्रति नेपाली कांग्रेस तनहुँद्वारा शोक विज्ञप्ति प्रकाशित गरी दुःख व्यक्त गरिएको छ । यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू शंकर भण्डारी, गोविन्द भट्टराईले आइतबार शोक विज्ञप्ति मार्फत गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो