म्याग्देमा व्यवसाय अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ४

म्याग्दे गाउँपालिकाको सहयोगमा तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाईको आयोजनामा सोमबार प्रशिक्षण तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद शंकर भण्डारीले पछिल्ला केही वर्ष बिग्रदो आर्थिक अवस्थाले साना व्यवसायीहरु मारमा परेको हुँदा तिनै तहका सरकारले व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने बताए । महिलाहरुलाई आत्मनिर्भर  र व्यवसायीक बनाउन सके गाउँबाट पलायन हुने जनसंख्यालाई रोक्न सकिने सांसद भण्डारीले बताए ।

अहिले सरकारले गरेको काम प्रति धेरै जनतामा आक्रोश र निराशा छाएको भन्दै भण्डारीले कसैलाई गाली गर्नु भन्दा पनि सरकारले काम गरेर जनतालाई जवाफ दिनुपर्ने बताए । जनतामा भएको निराशा र आक्रोस चिर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने सांसद भण्डारीले बताए ।
राजतन्त्र पुनस्थापनको माग गर्दै चलेको सडक आन्दोलन प्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका भण्डारीले राजाबादीहरुले सडकमा उठाएको आवाज सम्बोधन गर्नुपर्ने बताएका छन् । पुर्वमन्त्री समेत रहेका भण्डारीले सडकमा उठेको आवाजलाई सम्बोधन गर्नुको विकल्प नभएको बताए ।

उक्त कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाले व्यवसायमैत्री नीति निर्माण गरिएको बताए । गाउँपालिकाकाले व्यवसायमैत्री नीति निर्माण गरेको र व्यवसायीक सुरक्षाको प्रत्याभुति दिलाएपछि पछिल्लो समय म्याग्देमा ३१२ जना व्यवसायी सुचिकृत भई करको दायरामा आएको बताए । व्यवसायीहरुले गाउँपालिकाको अंगको रुपमा काम गर्नु पर्ने अध्यक्ष श्रेष्ठले बताए । गाउँपालिकामा आम्दानीको श्रोत बढ्यो भने नै विकास निर्माणको कामले गति लिने भन्दै अध्यक्ष श्रेष्ठले त्यसकारण सबै जना करको दायरामा आउनुपर्ने बताए ।


स्थानीय तहको कर, राजश्व, व्यवसाय दर्ता तथा सुचिकरण, खाद्य सुरक्षा र गुणस्तर व्यवस्थापन विषयमा आयोजित उक्त प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तेजकुमार मल्ल, वडा नम्बर ७ का अध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक बसन्तकुमार श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष शिवबहादुर रानाभाट लगायतले मन्तव्य राखेका थिए ।

तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाईका अध्यक्ष सुन्दरमणी अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सन्चालन सचिव राजिव श्रेष्ठले र स्वागत उपाध्यक्ष सुरेन्द्र अधिकारीले गरेका थिए ।

उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, आन्तरिक राजश्व कार्यालय र खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिले स्थानीय तहको कर, राजश्व, व्यवसाय दर्ता तथा सुचिकरण, खाद्य सुरक्षा र गुणस्तर व्यवस्थापन विषयमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र