आदिकवि क्याम्पसमा चार विद्यार्थी संगठनको बहिष्कारकाविच जबरजस्ती निर्वाचन

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ५

नेविसंघ एक्लो प्रतिश्पर्धी भएको निर्वाचनमा ३५ प्रतिशत मत खस्यो

दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा चार विद्यार्थी संगठनको बहिष्कारका विच क्याम्पस प्रशासनले जबरजस्ती स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गरेको छ । अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (समाजबादी र अखिल (क्रान्तिकारी) बहुमतको बहष्किारका विच उक्त क्याम्पसमा ठुलो संख्यामा प्रहरी परिचालन गरि चुनाव गराईएको थियो । क्याम्पस प्रशासनको दवावमा प्रहरीले अनेरास्ववियु र अखिल क्रान्तिकारी समर्थित विद्यार्थीहरुलाई क्याम्पस भित्र जान नदिएको विद्यार्थीहरुले बताएका छन् । चुनाव बहिष्कार गर्ने मध्येका अखिल क्रान्तिकारीका सभापती पदका उम्मेदबार निर्दाेष भट्टराईले आफुलाई मतदान स्थलमा जान नदिईएको बताए ।

ति विद्यार्थी संगठनले सोमबार साँझ विज्ञप्ति प्रकाशित गरि निर्वाचन कार्यक्रम कम्तीमा १५ दिनसम्म स्थगित गर्न आग्रह गरेका थिए । २०८१ फाल्गुन २८ गते आफुहरुले निर्वाचन प्रवन्ध समितिलाई त्रिभुवन विश्वविद्यालय निर्वाचन निर्देशिका २०८१ को दफा ७ विपरित एकपक्षीय रूपमा मनोनयन समय बढाइएको विषयमा विरोध जनाएको तर निर्वाचन समितिले यस विषयमा कुनै चासो नदेखाएपछि हामी बाध्य भएर कानुनी उपचारका लागि उच्च अदालत पोखरामा पुगेको विज्ञप्तिमा जनाईएको छ ।

उच्च अदालतले २०८१ चैत्र ३ गते कारण देखाउ आदेश जारी गरिसकेको अवस्थामा पनि निर्वाचन प्रक्रिया अगाडि बढाएको परिस्थितिमा कानुनी लडाइँ जारी रहेको हुँदा निर्वाचन प्रक्रियामा सहभागी नहुने स्पष्ट गरिएको तथा विद्यार्थीको ढाड सक्ने गरी बढाइएको शुल्क र विद्यार्थीसँग जरिवानाको नाममा लुटतन्त्र मच्चाएको विरुद्ध अखिल (क्रान्तिकारी), अखिल (समाजबादी), अखिल (क्रान्तिकारी) बहुमतले आफ्ना माग सहित निर्वाचन समिति र क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाइसकेको अवस्थामा उच्च आदतलको आदेश नआउँदासम्म १५ दिन निर्वाचन स्थगित गर्न चार विद्यार्थी संगठनले विज्ञप्ति मार्फत अनुरोध गरेका थिए । तर क्याम्पसले चार विद्यार्थी संगठनको अनुरोधलाई वेवास्ता गर्दै नेविसंघका उम्मेदबारलाई बिजयी गराउन प्रहरी परिचालन गरि चुनाव गराउनु खेद जनक भएको अनेरास्ववियु तनहुँका संयोजक विशाल ढकालले बताए ।

विद्यार्थी संगठनहरुको जायज माग र उच्च अदालत पोखरामा विचाराधीन मुद्दाको टुंगो नलागेसम्म स्ववियू निर्वाचनका सबै प्रक्रिया स्थगित गर्न अनुरोध गर्दागर्दै निर्वाचन प्रवन्ध समिति र क्याम्पस प्रशासनका सदस्य तथा पदाधिकारी र क्याम्पस प्रमुखले नेपाली कांग्रेस पार्टीको निर्देशनमा नेविसंघलाई जिताउने उद्देश्यका साथ निर्वाचन कार्य अगाडी बढाएको भन्दै चार विद्यार्थी संगठनले मंगलबार विज्ञप्ति प्रकाशित गरि आपत्ती जनाएका छन् ।

अनेरास्ववियुका विशाल ढकाल, अखिल (क्रान्तिकारी)का निर्दोष भट्टराई, अखिल (समाजबादीका विशाल रुचाल र अखिल (क्रान्तिकारी) बहुमतका शिव विकले हस्ताक्षर गरेको विज्ञप्त्मिा विवादै विवादकाविच भएको निर्वाचनमा नेविसंघ एक्लो प्रतिस्पर्धामा संलग्न रहको र यस्तो निर्वाचनबाट निर्वाचित स्ववियु मान्यता नदिईने भन्दै यसवाट भोलि हुने क्षतीप्रति निर्वाचन गराउन मुख्य भूमिका खेल्ने क्याम्पस प्रमुख, क्याम्पस प्रशासन र निर्वाचन समिति स्वयं जिम्मेवारी हुने जनाईएको छ ।

यसैविच नेपाल विद्यार्थी संघ मात्र एक्लो प्रतिश्पर्धी भएको उक्त निर्वाचनमा जम्मा ३५.१२ प्रतिशत मत खसेको थियो । कुल १५७७ मतदाता रहेको क्याम्पसमा स्ववियु निर्वाचनमा ५५४ जनाले मात्र सहभागिता जनाएका छन् । अनेरास्ववियुका संयोजक ढकालले बहुमत भन्दा धेरै विद्यार्थीले सहभागिता नजनाएको उक्त निर्वाचनको बैधता नहुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय