भूकम्प प्रभावित म्यानमारलाई नेपाली सेनाको मल्हमः मेडिकल राहतसहितको टोली प्रस्थान

Devghat Online

शेयर गरौ

काठमाडौं । चैत २१

भूकम्पको पीडामा परेको म्यानमारमा मेडिकल राहत लिएर नेपाली सेनाको टोली सैन्य जहाजमा त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल सरकारले त्यहाँ सहायता पठाउने निर्णय गरेको थियो ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको कमाण्डमा १२ जना चिकित्सकीय टोली, ४ जना बन्दोबस्ती सहायता टीम र ६ जना क्रु मेम्बरसमेत गरेर कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन(२३५ कासा जहाज त्यसतर्फ उडेको छ ।

विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू रहेका छन् ।

मार्च २८ मा म्यानमार र थाइल्याण्डमा ७।७ रेक्टर स्केलको भूकम्प गएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले पुर्‍याएको क्षतिमा दुस्ख व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र