लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ६

लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको सुगर, थाइराइड र हार्मोनरोगको निशुल्क स्वास्थ्य शिविरमा ३४१ जना सेवाग्राहिले लाभान्वित भएका छन् ।

उक्त कार्यक्रममा सुगर, थाइराइड र हार्मोनरोगको निशुल्क रक्त परिक्षण सँगै बरिष्ठ सुगर थाइराइड हर्मोन विशेषज्ञ डा.उमानाथ अधिकारी मार्फत उक्त रोगको बारेमा सचेतना कार्यक्रम पनि सम्पन्न गरिएको लोकप्रिय स्वास्थ्य क्लिनिकका प्रोपाईटर राजु दाहालले जानकारी दिए ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोक कुमार श्रेष्ठ, व्यास नपा प्रमुख बैकुण्ठ न्यौपाने, नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेल, युआरएल अध्यक्ष ठाकुर प्रसाद पन्त, हाडजोर्नी नशारोग विशेषज्ञ डा.अर्जुन पन्त, जिल्ला समन्वय समिति नि.उपप्रमुख पबित्रा पौडेल, महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्ल, इनर व्हील क्लवकी अध्यक्ष नारायणी मल्ल लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको सन्चालन यूआरएलका प्रबन्ध निर्देशक गणेश कोइरालाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले