लोकवाणी दैनिकको अनलाइन संस्करण शुभारम्भ

Devghat Online

शेयर गरौ

काठमाडौं । बैशाख ११

तनहुँको दमौलीबाट प्रकाशन भईरहेको लोकवाणी दैनिकको अनलाइन संस्करण लोकवाणीन्युजडटकम शुभारम्भ भएको छ । लोकतन्त्र दिवसको अवसर पारेर उक्त अनलाइन सेवा सन्चालन शुभारम्भ गरिएको हो ।

टोखा नपा-३ स्थित मेरिगोल्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा अनलाइनका सल्लाहकार विज्ञान खत्रीले सुचना र प्रविधिको युगमा लोकवाणी न्युजले आफ्नो छुट्टै पहिचान कायम गर्ने विश्वास व्यक्त गरे । उनले दमौलीमा सन्चालित लोकवाणी दैनिकले काठमाडौं बाट अनलाइन सेवा सुरु गर्ने कार्य महत्त्वपूर्ण भएको बताए ।

लोकवाणी दैनिकका सम्पादक एव लोकवाणी न्युज डटकमका सन्चालक प्रकाशचन्द्र भट्टराईले मोफसलबाट प्रकाशन भईरहेको लोकवाणी दैनिकले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा अनलाइन सस्करण काठमाडौंबाट प्रकाशन शुभारम्भ गरिएको बताए । भट्टराईले लोकवाणी दैनिकलाई झै लोकवाणी न्युजलाई पनि सहयोग र सद्भाव प्राप्त हुने बताए ।

लोकवाणीन्युजका सम्पादक दुर्गानीधि कौडालले लोकवाणी न्युजलाई समय सापेक्षरुपमा सन्चालन गरिने बताए ।
उक्त कार्यक्रममा लोकवाणीन्युजका आईटी प्रमुख किरण श्रेष्ठ र रुपेश पन्थ, व्यवस्थापकद्वय भुवन श्रेष्ठ र सुदिप थापा, सह-सम्पादकद्वय जगन रेग्मी र सैलेन्द्र लोहनी लगायतको उपस्थिति रहेको थियो ।

लोकवाणीन्युजको प्रधान कार्यालय टोखा नपा-३ धनेश्वरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सम्पत्ति छानबिन आयोगमा क–कसले सम्पत्ति विवरण बुझाउनुपर्छ ?

काठमाडौं । बैशाख ३१ सम्पत्ति छानबिन आयोगले दायरामा परेका सार्वजनिक पदाधिकारीहरुलाई एक महिनाभित्र सम्पत्ति विवरण