बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २५

बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु थप हुँदै गइरहेको छ । यसैक्रममा अस्पतालमा यही आउँदो जेठ १ गतेदेखि हप्तामा दुई दिन नियमित रूपमा भिडियो एक्सरे सेवा सुरु हुने भएको छ । अस्पतालले हरेक सोमबार र बिहीबार बिहान ८ बजेदेखि भिडियो एक्सरे सेवा प्रदान गर्ने जनाएको छ । बन्दीपुर अस्पतालमा नयाँ स्वास्थ्य सेवा सुरु भएपछि स्थानीय बासिन्दाले नजिकै नै सहज र गुणस्तरीय उपचार सेवा पाउन थालेका छन् ।

बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अनिल गिरीका अनुसार अस्पतालमा भिडियो एक्सरे सेवा अन्य दिनहरूमा पनि उपलब्ध हुने भए तापनि बिरामीहरूको सुविधालाई मध्यनजर गर्दै विशेष रूपमा हप्ताको दुई दिन नियमित सञ्चालनमा ल्याइएको हो । उनले भने, ‘बिरामीहरूको आवश्यकतालाई ध्यान दिँदै हामी सेवा सुविधा विस्तार गर्दै आएका छौं, आगामी दिनमा अझ प्रभावकारी रूपमा अस्पतालको सेवा सञ्चालन गर्दै जाने हाम्रो योजना छ ।’

यस्तै, अस्पतालमा वैशाख २४ गतेदेखि सुगर (मधुमेह) का बिरामीका लागि तीन महिनामा एक पटक गरिने परीक्षण सेवा पनि सुरु गरिएको छ । यस सेवाबाट मधुमेहका बिरामीहरूलाई आफ्नो स्वास्थ्य बारे जानकारी लिन सहज हुनेछ ।

अस्पतालका मेसु डा. गिरीले अस्पतालको नेतृत्व सम्हालेपछि यहाँ ३६५ दिन नै ओपिडी सेवा प्रदान गरिने व्यवस्था मिलाइएको बताए । शनिबार र सार्वजनिक बिदाका दिनसमेत अस्पतालमा निःशुल्क ओपिडी सेवा उपलब्ध गराइएको छ, जसले स्थानीय बासिन्दाहरूलाई ठूलो राहत पुगेको छ । यसअघि विभिन्न अस्पतालमा कार्यरत रहँदा त्यहाँका अस्पताल सुधारमा उनले प्रशंसा कमाएका थिए ।

बन्दीपुर अस्पतालमा हाल नियमित ओपिडि सेवा, एक्सरे भिडियो एक्सरे, ल्याव सेवा, दन्त चिकित्सा विभाग बाट दाँतको सफाइ, दाँत भर्ने, जरा देखिको उपचार, नक्कली दाँत हाल्ने तथा तार बान्ने र सबै किसिमका दन्त सम्बन्धि समस्याहरुको नयाँ प्रविधिबाट उपचार लगायत आँखाको उपचार सेवा सहित गाउँपालिकाको बिभिन्न वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट निःशुल्क स्वास्थ्य शिबिर समेत संचालन हुँदै आइरहेको छ ।

बि.स.२०२२ सालमा १५ शैया क्षमता सहित स्थापना भएको बन्दीपुर अष्पतालमा हाल ४ जना डाक्टरले सेवा प्रवाह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको