क्षेत्रीय होटल संघ तनहुँको अध्यक्षमा कायस्थ

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २५

क्षेत्रीय होटल संघ तनहुँको १७ औ वार्षिक साधारणसभा तथा १० औ अधिवेशन बिहीबार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले चन्द्रकुमार कायस्थको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा बिकास खनाल, प्रथम उपाध्यक्षमा बिपीन प्रधान, द्धितीय उपाध्यक्षमा रामचन्द्र खड्का, सचिवमा सीता पहारी र कोशाध्यक्षमा संगीता प्रधान चयन भएका छन् । यस्तै समितिको सदस्यहरूमा सुरज गुरूङ, ईश्वर प्रसाद लामिछाने र सुनिल खड्का चयन भएका छन् ।

त्यस अगाडि भएको कार्यक्रमको क्षेत्रीय होटल संघका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा कानुनी सल्लाहकार कमलामोहन वाग्ले, सल्लाहकार महेन्द्र मोहन भट्टराई, द्वित्तीय उपाध्यक्ष विपीन प्रधान, आँबुखैरेनी बजार इकाईका सभापति कुमार श्रेष्ठ, दमौली बजार इकाईका सभापति बालकृष्ण आले, डुम्रे बजार इकाईका सभापति सन्तोष थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका महासचिव रामचन्द्र खड्काले महासचिवको प्रतिवेदन तथा कोशाध्यक्ष विज्ञान कैनीले कोशाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघका अध्यक्ष जीवन शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बिकास खनालले स्वागत र कार्यक्रमको सञ्चालन महासचिव रामचन्द्र खड्काले गरेका थिए । क्षेत्रीय होटल संघको जिल्लामा ६ वटा बजार इकाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय