संसदीय उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

Devghat Online

शेयर गरौ

काठमाडौं । जेठ ४

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा समितिद्वारा गठित संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले समितिलाई विधेयकको प्रतिवेदन बुझाएको हो ।

उपसमितिको प्रतिवेदन बुझाउँदै संयोजक विश्वकर्माले १५ परिच्छेद र १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०८ बुँदाको बनाएको जानकारी दिए । उनले प्रतिवेदनमा १०१ दफामा परिमार्जन गरिएको तथा १३ वटा नयाँ दफा थप गरिएको समेत बताए । उनकाअनुसार उपसमितिले ४ दफा वटा दफा हटाएको तथा १३ दफा नयाँ रोखको छ ।

विधेयकका ६२ वटा दफा सरकारले प्रस्ताव गरेअनुसार नै हुनेगरी सहमति भएको समेत उनले बताए । उनले भने, ‘विभिन्न १५ वटा परिच्छेद र १६३ दफामा उक्त विधेयक उपर १५२ समूहमा १६१ माननीय सदस्यहरुबाट १ हजार ७५८ वटा बुँदामा दर्ता भएका संशोधन प्रस्ताव सहितको विधेयकका सम्बन्धमा उपसमितिले छलफल गरी १०८ बुँदाको प्रतिवेदन तयार गरेको छ । विधेयकका कुल १६३ वटा दफा मध्ये १०१ वटा दफामा परिमार्जन गरिएको छ ।

१३ वटा नयाँ दफा थप गरिएको छ छ । चारवटा दफालाई हटाइएको छ । १३ वटा दफाको सट्टा नयाँ दफा राखिएको छ । ६२ वटा दफालाई सरकारले प्रश्ताव गरेकै स्वरुपमा टुंगोमा पुर्याइएको छ ।’ समितिको २०८१ चैत ८ गते बसेको बैठकले विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त विधेयककलाई सरकारले संसदको चालु अधिवेशनबाटै पास गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको