देवघाट । जेठ ४
देवघाट गाउँपालिकाको आयोजनामा सहकारी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी तिन दिने तालिम आइतबार सम्पन्न भयो ।



देवघाट गाउँपालिकामा सन्चालित सहकारी संस्स्थाका पदाधिकारी र व्यवस्थापकको लागि गत जेठ २ गतेबाट सन्चालित उक्त तालिमको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले समापन गरे । उक्त अवसरमा बोल्दै अध्यक्ष थापाले सहकारी सन्चालन गर्दा कानुन बमोजिम गर्नुपर्ने बताए ।

अध्यक्ष थापाले गाउँपालिकाले नीति तथा कार्यक्रममा सहकारीको विषयलाई समेटेर बजेट समेत विनियोजन गरेको बताए । देवघाट गाउँपालिकामा आर्थिक कारोबार र निम्न वर्गका जनतालाई पेशा र व्यवसाय सन्चालनकोलागि सहकारीले सहयोग गरेको बताए ।
कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत, गाउँपालिका कार्यक्रम सहकारी शाखा प्रमुख कृष्णराज पन्त तथा विभिन्न सहकारीका पदाधिकारी तथा व्यवस्थापकहरुले मन्तव्य राखेका थिए ।












