‘घरमुली’ पुस्तक वितरण तथा अभिभावक प्रोत्साहन कार्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट । जेठ ७

देवघाट सार्वजानिक पुस्तकालयको आयोजनामा लेखक शिवदत्त ढकाल (सागर शर्मा) द्वारा लिखित कथा संग्रह ‘घरमुली’ पुस्तक वितरण तथा अभिभावक प्रोत्साहन कार्यक्रम देवघाटका विभिन्न विद्यालयमा सन्चालन भएको छ । लेखक शर्माको उपस्थितमा देवघाटका कालिका मावि, बज्रयोगिनी मावि, सिद्धमाहाकाली मावि र सिताराम संस्कृत माविमा उक्त कार्यक्रम सन्चालन भईरहेको छ ।

कार्यक्रम अन्तर्गत गत जेठ २ गते कालिका मावि तथा जेठ ६ गते बज्रयोगिनी माविमा पस्तक वितरण तथा विपन्न अभिभावक प्रोत्साहन कार्यक्रम आयोजना भयो । त्यस्तै जेठ ९ गते सिद्धमाहाकाली मावि र सिताराम संस्कृत माविमा कार्यक्रम आयोजना हुने देवघाट सार्वजानिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए ।

देवघाटका ति ४ वटा सामुदायिक विद्यालयमा आयोजना भईरहेको कार्यक्रममा प्रत्येक विद्यालयका २५ जना विद्यार्थी तथा अभिभावकलाई उक्त कथा संग्रह र पुस्तकको साथमा नगद पाँच सय रुपैयाँ उपलब्ध गराईएको अध्यक्ष पौडेलले बताए । पुस्तकका लेखक शर्माले नै उक्त पुस्तक र रकम उपलब्ध गराउने उनले बताए ।

अभिभावक तथा विद्यार्थीलाई पठन बानीको विकास गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको पौडेलले बताए । उक्त कथा संग्रहमा १९ वटा सामाजिक विषयबस्तुमा आधारित कथाहरु संग्रहित रहेका छन् । देवघाट क्षेत्र विकास समितिका पुर्व कार्यकारी निर्देशक समेत रहेका ढकाल (सागर शर्मा) को यस अघि पनि विभिन्न पुस्तक तथा लेखहरु प्रकाशित भएका छन् ।

उक्त पुस्तकको गत बैशाख १ गते नयाँ वर्षको दिन देवघाट सार्वजानिक पुस्तकालयमा विमोचन तथा परिचर्चा गरिएको थियो । सो अवसरमा लेखक ढकालले उक्त कार्यक्रमको लागि ८० हजार रुपैयाँ समेत उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र