व्यास नपा पूर्ण खोप सुनिश्चित घोषणा

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ७

व्यास नगरपालिका पुर्ण खोप सुनिश्चित पालिका घोषित भएको छ । बुधबार नगरपालिकामा आयोजित कार्यक्रममा पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

‘स्थानीय स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सन्चालित अभियानको क्रममा पूर्ण खोप पालिका सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रियाहरु पुरा गरि व्यास नगरपालिकामा जेठ ८ गते का दिन सम्म १६ महिना देखि २३ महिना सम्मका सबै बालबालिकाहले १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चित गरिएको नगरपालिकाले जनाएको छ ।

उक्त कार्यक्रममा उपस्थित अतिथीहरु, नगरपालिकाका जनप्रतिनिधिहरु, राजनीतिक दलका पदाधिकारीहरु, स्वास्थ्यकर्मी, शिक्षक एवं विद्यार्थी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, आमा समूह, महिला, मजदुर, व्यापारी, जनजाती, दलित, अपाङ्ग सञ्जाल लगायतले आगामी दिनमा समेत खोप अभियानको दिगोपना कायम राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता