आबुँखैरेनीमा डेंगु नियन्त्रणमा प्रभावकारी काम गर्ने टोललाई सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ८

आँबुखैरेनी गाउँपालिकाले डेँगु रोग नियन्त्रण तथा रोकथाम अभियानअन्तर्गत उल्लेखनीय योगदान पु¥याउने दुई टोल सुधार समितिहरूलाई सम्मान गरेको छ ।

‘लार्भा खोज र नष्ट गर’ अभियानमा सक्रिय सहभागिता जनाई प्रभावकारी कार्य सम्पादन गर्ने नमुना खत्री टोल सुधार समिति र खानटोक टोल विकास समितिलाई गाउँपालिकाको तर्फबाट पुरस्कार, कदरपत्र र दोसल्ला सहित सम्मान गरिएको हो ।

सम्मानित टोलहरूमध्ये नमुना खत्री टोल सुधार समितिका अध्यक्ष नेत्रमान श्रेष्ठ र खानटोक टोल विकास समितिका अध्यक्ष राज कुमार श्रेष्ठले टोलस्तरमै जनचेतना अभिवृद्धि गरी डेँगु नियन्त्रणमा महत्पूर्ण भूमिका खेलेका थिए ।

उक्त सम्मान कार्यक्रम गाउँपालिका अध्यक्ष सुक्र चुमानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष चुमानले डेंगु नियन्त्रणजस्ता सार्वजनिक स्वास्थ्य अभियानमा टोल सुधार समिति र स्थानीयवासीहरूको सक्रियता अनुकरणीय रहेको बताए ।

अध्यक्ष चुमानले टोलस्तरमै देखिएको सचेतना, सहभागिता र स्वास्थ्यप्रतिको जिम्मेवारीलाई उदाहरणीय भन्दै सम्पूर्ण गाउँपालिकावासीलाई थप सक्रिय हुन आह्वान गरे । उनले स्वास्थ्य सरोकारको काममा जनताको सहभागिता नै दीगो समाधानको आधार भएको हुँदा यो सम्मान हाम्रो समष्टिगत चेतना र सहकार्यको प्रतीक भएको बताए ।

कार्यक्रममा वडाध्यक्षहरू, स्वास्थ्य शाखा प्रतिनिधि, स्वयंसेवक, टोल सुधार समिति सदस्यहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो । गाउँपालिकाले यस अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि ‘डेंगीमुक्त आँबुखैरेनी’ निर्माणमा निरन्तर साथ दिन अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता