घिरिङका महिलाहरूलाई होजियारी स्विटर सिलाई बुनाई र अचार बनाउने तालिम

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, जेठ १३

घिरिङ गाउँपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन होजियारी स्विटर सिलाई बुनाई र अचार बनाउने तालिम दिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले वडा नं २ का महिलाहरूलाई विभिन्न तालिम दिएको हो । वैशाख ११ देखि जेठ १० गते सम्म होजियारी एवं स्वीटर सिलाई बुनाई सम्बन्धी तालिम सञ्चालन गरेको थियो। सो तालीममा १६ जना महिलाहरू सहभागी रहेका थिए ।

यस्तै वैशाख ११ देखि १३ गते सम्म सोही वडाका १४ जना महिलाहरूलाई अचार बनाउने तालिम दिएको थियो । वडा नम्बर २ को कार्यालय सभाहलमा सञ्चालन भएको उक्त तालिम ग्रामीण उद्यमशीलता विकास केन्द्रले समन्वय तथा सहजीकरण गरी दक्ष प्रशिक्षकहरू द्वारा प्रशिक्षण दिएको थियो ।

महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित सञ्चालन गरिएको उक्त तालिमको वडा नं २ का अध्यक्ष नर बहादुर थापाको अध्यक्षतामा आइतबार समापन कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । अध्यक्ष थापाले सो कार्यक्रमको अवसरमा महिलाहरुलाई सीप सिकाएर जीविकोपार्जनमा जोड दिएको बताए । साथै सीप सिकेर के गर्छन् भन्नेहरुको अगाडी सिकेको सिपको इमान्दारीपूर्वक कार्यान्वयन गरी उद्यमी बन्नु पर्ने बताए । आगामी दिनमा महिलाहरूलाई पालिकाले प्रोत्साहन हुने खालको अन्य कार्यक्रम ल्याउने प्रतिबद्धता गरे ।

सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापा लगायतले सीप सिकेका महिलाहरू लाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै सिलाई मेसिन, इन्टरलक मेसिन र होजियारी बुन्ने मेसिन हस्तान्तरण गरेका हुन् । सो कार्यक्रमको सञ्चालन गाउँपालिकाका सूचना अधिकारी तथा कार्यक्रमका संयोजक ध्रुब लामिछानेले गरेका थिए ।

तालिमकाका प्रशिक्षार्थीहरूले महत्वपूर्ण सिप सिक्न पाएकोमा गाउँपालिका साथमा रहेको अनुभुति गरे। आफूहरूलाई तालिमले आत्मनिर्भर बन्न सहयोग पु¥याए संगै सामूहिक रूपमा व्यावसाय सञ्चालन गर्ने सोच बनाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान