आबुँखैरेनीमा श्रमदान मार्फत सडकको स्तरोन्नती

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १३

आँबुखैरेनी गाउँपालिकामा जनश्रमदान मार्फत सडकको स्तरोन्नती गरिएको छ । वडा नम्बर १, २ र ६ जोड्ने गिराउन चौर–गाउँकोट–हिलेखर्क सडकको स्तर उन्नति कार्य जनश्रमदान मार्फत सुरु गरिएको छ ।

स्थानीय बासिन्दाहरूको सक्रियतामा सडक सुधारका लागि श्रमदान कार्यक्रम सञ्चालन गरिएको हो । वर्षायाममा हिलो र खराव अवस्थामा रहने सडक सुधार गरी सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले स्थानीयवासी, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूको सहकार्यमा यो अभियान थालिएको गाउँपालिकाले जनाएको छ ।

सडक स्तरोन्नतिको यो कार्यले गाउँहरू बीचको यातायात सुविधा सहज हुने, कृषिजन्य उत्पादन बजारमा पु¥याउन मद्दत पुग्ने र सामाजिक तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

गाउँपालिकाको प्राविधिक सहयोगमा र जनश्रमको आधारमा अगाडि बढाइएको यो अभियानलाई दीर्घकालीन रुपमा व्यवस्थित ढंगले निरन्तरता दिने योजना गाउँपालिकाले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय