साभुङ्ग हटिया स्वास्थ्य चौकीको मूल्यांकन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, जेठ २५

घिरिङ गाउँपालिकाले साभुङ्ग हटिया स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड सम्बन्धी स्वास्थ्य चौकी स्तरीय मूल्यांकन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। आईतबार सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य चौकीले समग्रमा ८२ प्रतिशत अंक प्राप्त गर्न सफल भएको हो।

कार्यक्रम घिरिङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुवीर आलेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यहरू, स्वास्थ्य चौकीका कर्मचारीहरूको सहभागिता रहेको थियो।

मूल्यांकनकर्ताहरूमा स्वास्थ्य शाखा प्रमुख कृष्ण रिमाल, पहेन विष्णु पौडेल, र सामी कार्यक्रमका प्रमुख सुबिन श्रेष्ठ रहेका थिए। कार्यक्रमको सञ्चालन साभुङ्ग स्वास्थ्य चौकीका प्रमुख मन प्रसाद रानाभाटले गरेका थिए।

स्वास्थ्य सेवाको गुणस्तर वृद्धि तथा सेवामा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न यस्ता मूल्यांकन कार्यक्रमहरू प्रभावकारी हुने स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका