नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समिति सदस्यमा पण्डित निर्वाचित

Devghat Online

शेयर गरौ

तनहुँ । असार ८

नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समिति सदस्यमा रघुनाथ पण्डित निर्वाचित भएका छन् । संगठनको काठमाडौंमा सम्पन्न १४ औं महाधिवेशनबाट पण्डित गन्डकी प्रदेशको भुगोलबाट राष्ट्रिय समिति सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा पण्डितले २७५ मत ल्याएका थिए । पण्डितसँगै बिजयी भएका राजु थापाले २४१ पाई बिजयी भएका छन् । पण्डित नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँका पुर्व अध्यक्ष हुन् । उनी व्यास नपा १२ स्थित अमरज्योती माविका प्रअ समेत हुन् ।

महाधिवशेनबाट संगठनको अध्यक्षमा हंसबहादुर शाही, वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षद्वय अम्बिका चापागाईं र गोविन्द भण्डारी, महासचिव प्रकाश खनाल, उपमहासचिवमा श्रीराम दाहाल, सचिवद्वयमा वामदेव सुवेदी र वेणु काफ्ले निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक