कालीगन्डकी पदयात्राको टोली मुस्ताङ जिल्ला प्रवेश गर्यो

Devghat Online

शेयर गरौ

तनहुँ । असार ७

कालीगन्डकी नदी तथा कालीगन्डकी सभ्यताको संरक्षणकोलागि गत जेठ २२ गतेदेखी तनहुँको देवघाटदेखी सुरु भएको कालिगन्डकी पदयात्रा असार ७ गते शनिबार सत्रौ दिन मुस्ताङ जिल्लामा प्रवेश गरेको छ ।

शनिबार बिहान म्यादीको दाना बजारबाट सुरु भएको पदयात्रा साँझ मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङमा बास बसेको छ । पदयात्राको टोली मुस्ताङको लेतेमा पुग्दा नेपाल राष्ट्रका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले साथ दिनु भएको थियो । जगतगुरुको स्वागतले पदयात्राको टोलीलाई निकै उत्साह पुगेको पदयात्राका संयोजक तथा देवघाट स्थित महेश संस्कृत गुरुकुलमका आचार्य फणिन्द्रप्रसाद पौडेलले बताए ।

तनहुँको देवघाटबाट सुरु भएको पदयात्रा नवलपुर, स्याङजा, पाल्पा, गुल्मी, पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाको यात्रा पुरा गरि अन्तिम जिल्ला मुस्ताङमा पुगेको हो । उक्त पदयात्राको टोली अव पाँच दिनमा कालीगन्डकी नदीको शिर दामोदर कुण्डमा पुग्ने छ । पदयात्राको टोली आइतबार मुस्ताङको जोमसोममा पुगी बास बस्ने कार्यक्रम रहेको छ ।

दामोदर हिमशृङ्खलाबाट प्रवाहित भएको पवित्र हिमनदी कालीगन्डकी नदी र कालीगन्डकी सभ्यताको संरक्षणकोको लागि महेश सन्यास आश्रम देवघाटको समन्वयमा ४३१ किलोमिटर दुरीको कालीगन्डकी पदयात्रा सुरु गरिएको हो । संयोजक पौडेलका अनुसार पदयात्रा निकै उत्साहजनक रुपमा सन्चालन भईरहेको छ ।

‘प्रकृति संस्कृति र सभ्यताको आरधना, कालिगन्डकी पदयात्रा एक आध्यात्मिक साधना’ भन्ने मुल नाराका साथ आयोजित उक्त पदयात्रामा नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताहरू सहभागी छन् । देवघाटधामबाट सुरु भएको पदयात्रा दामोदर कुण्डमा पुगेर समापन हुनेछ । पदयात्रा ४३१ किलोमिटर र २२० मिटर सामुद्रिक सतहदेखि ४९९० मिटर उचाइसम्म हुनेछ । पदयात्रा २२ देखि २५ दिन सम्म हुनेछ । कालीगण्डकी किनारको कालीगण्डकी करिडोर र शालिग्राम करिडोर हुदै यात्रा गरिने पौडेलले बताए ।
यात्रामा दैनिक आठ घण्टा तथा २० किलोमिटरसम्म यात्रा गरिएको छ । उक्त पदयात्रामा कालीगण्डकीको महत्व र उपयोगिताको प्रचार–प्रसार गरिने, शालग्राम र गण्डकीतीर्थहरूको दर्शन पूजन, कालीगण्डकी सभ्यताको संरक्षण, धार्मिक एवं प्राकृतिक पर्यटनको प्रवद्र्धन तथा आध्यात्मिक साधनाको निरन्तरता मुख्य उद्देश्य हुनेछ ।

कालीगन्डकी नदी संसारभरका सनातनीहरूको आस्थाको केन्द्र र देवनदीका रूपमा प्रसिद्ध छ । यिनै नदीमा उत्पन्न भएका दुर्लभ शालग्राम विश्वभरका हिन्दु सनातनीहरूले प्रत्यक्ष देवताका रूपमा पूजा गर्दछन् । गण्डकीका किनारमा दामोदर कुण्ड÷मुक्तिनाथदेखि हरिहरक्षेत्र देवघाटधामसम्म अनेकौँ तीर्थहरू रहेका छन् । ती ऊर्जामय गण्डकी तीर्थहरूमा अनादिकालदेखि ऋषि–महर्षि र तपस्वीहरूले साधना गरेर जीवन सफल बनाएका प्रशस्त ऐतिहासिक तथ्यहरू लोकप्रसिद्ध छन् ।

पछिल्लो समयमा गण्डकीका सन्तानहरूले नै आमाको त्यो दिव्यतम महिमा र सौन्दर्य भुल्दै गएको देखिएको छ, जसका कारण पवित्र कालीगण्डकीको धार्मिक, सांस्कृतिक, प्राकृतिक र आध्यात्मिक गरिमा कमजोर बन्दै गइरहेको सन्दर्भमा जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचार–प्रसार गरेर पवित्र कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण र संवर्धनमा टेवा पुर्याउने उद्देश्यले कालीगन्डकी पदयात्रा गरिएको पदयात्रामा सहभागी महेश सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी रमणानन्द गिरिले बताए ।

पदयात्रामा व्रतधारण गरेका साधु–सन्त र अभियन्ताहरु तथा गण्डकी किनारका श्रद्धालुहरू आ–आफ्ना क्षेत्रमा यथाशक्य सहभागी हुन सक्नेछन् । पदयात्राको क्रममा देवघाटधाम–केलादीघाटधाम–राम्दीधाम, ऋषिकेशधाम–रुद्रवेणीधाम–सेतीबेनीधाम–मोदीबेनीधाम–गलेश्वरधाममा पुजा भईसकेको र अवको यात्रामा कागबेनीधाम–मुक्तिनाथधाम र दामोदरकुण्डधाममा पूजा एवं जागरण सभा हुनेछ ।
कालीगण्डकी नदी र दुर्लभ शालग्रामशिलाको बहुविध महत्व र उपयोगिताको प्रचार–प्रसार गरेर पवित्र जलसम्पदा र सभ्यताको संरक्षण र संवर्धन गर्न नेपाल तथा भारतका मुख्य पीठ एवं आश्रमका पूज्य सन्तहरूको आह्वान र सहभागितामा आयोजित पदयात्रा कार्यक्रम आ–आफ्नो तहबाट महत्वपूर्ण सहयोग पुर्याउन सम्पूर्ण गण्डकीप्रेमीहरूलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको