रानिवन सामुदायिक वनद्वारा जडिबुटी तथा फलफुलका विरुवा रोपण

Devghat Online

शेयर गरौ

देवघाट । असार १८

देवघाट गाउँपालिका–५ स्थित रानीवन सामुदायिक वन समुहले बुधबार वन क्षेत्रमा जडिबुटी तथा फलफुलका विभिन्न बिरुवा रोपेको छ ।

उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले आफुसँग भएको स्रोत र साधनलाइ प्रयोग गरि अगाडि बढ्ने हो भने समुदायिक वन पनि धनी हुन सक्ने बताए । देवघाटको सामुदायिक वनहरु चितवन नजिक भएको हुदा धेरै सम्भावना बोकेको क्षेत्र रहेको न्यौपानेले बताए ।

पछिल्लो समयमा सर्पगन्धको विशेषता थाहा भएपछि सर्पगन्ध जस्ता महत्वपूर्ण जडिबुटी रोप्नुपर्ने देखिएपछि उक्त जडिबुटी रोपिएको वन समुहकी सचिव इन्द्रमाया मगरले बताइन् । रानिवनले पछिल्लो समयमा विभिन्न कार्यक्रम गर्दै आएको जो प्रतक्ष्य उपभोक्ताले लाभ लिने कार्यहरु गर्दै आएको मगरले बताइन् ।

अबको समयमा काठ विक्रि गरेर मात्र हुदैन भन्ने मानसिकतालाइ आत्मसाथ गर्दै अब आर्थिक समृद्धिका स्रोतहरु पहिचान गरि विभिन्न कार्यक्रम गर्दै आएको मगरले बताइन् । सो कार्यक्रममा सर्पगन्ध १ हजार, तथा आँप, लिचि, कटहर गरि एक सय वटा विरुवाहरु रोपिएको सचिव मगरले बताइन् । उक्त कार्यक्रम रानिवन सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारीको अध्यक्षतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण