देवघाटको ४७ करोड ७३ लाखको बजेट पारित

Devghat Online

शेयर गरौ

देवघाट । असार २८

देवघाट गाउँपालिकाको गाउँसभाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित गरेको छ । १६ औं गाउँसभाको शुक्रबार बसेको अन्तिम बैठकले गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङद्वारा प्रस्तुत उक्त बजेट सर्वसम्मतीले पारित गरेको हो ।

देवघाटले कुल बजेट मध्ये चालु तर्फ ३७ करोड ८२ लाख १२ हजार र पुँजीगत तर्फ ९ करोड ९१ लाख ६३ हजार रुपैयाँ बिनियोजन गरेको छ ।

देवघाटले पुर्वाधारको लागि ९ करोड ८३ लाख, आर्थिक विकास तर्फ ८५ लाख ८० हजार, सामाजिक विकास तर्फ २ करोड ७७ लाख ३४ हजार, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ २५ लाख, सुशासन तथा संस्थागत विकास तर्फ ९ करोड ७७ लाख ६१ हजार र संघ र प्रदेश शशर्त तर्फ २४ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

देवघाटले उक्त बजेट कार्यान्वयनकोलागि शिक्षा, स्वास्थ्य, पुर्वाधार तथा पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक