श्रृङ्ग र कृष्ण मार्ग स्तरोन्नतीको लागि पहल गर्न घिरिङका युवाहरुद्वारा सांसद भण्डारीको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

तनहुँ । असार २९

घिरिङ गाउँपालिकाका युवाहरुले तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ जोड्ने श्रृङ्ग मार्ग तथा घिरिङ गाउँपालिकाको मुख्य सडक कृष्णमार्गको स्तरोन्नतीको लागि पहल गर्न प्रतिनिधि सभाका सांसद शंकर भण्डारीको ध्यानाकर्षण गराएका छन् ।

ऋषिङ गाउँपालिकाको वडा नम्बर ४ को भवन उद्घाटन गर्न आइतबार भिरकोट जाँदै गरेका सांसद भण्डारी र गन्डकी प्रदेश सभाका सांसद जितप्रकाश आलेलाई घिरिङ गाउँपालिका वडा नम्बर ५ को देउरालीमा रोकी युवाहरुले श्रृङ्गमार्गको स्तरोन्नतीको लागि सांसद भण्डारीले कुनै पहल नगरेको आरोप लगाए ।

उक्त मार्गको बारेमा भण्डारीले संसदमा कुनै आवाज नउठाएको भन्दै युवाहरुले तनहुँको दक्षिण भेगको लाइफलाईनको रुपमा रहेको उक्त मार्ग स्तरोन्नतीको लागि पहल गर्न माग गरे । लामो समयसम्म उक्त सडक स्तरोन्नती नहुँदा त्यस क्षेत्रका जनताले निकै सास्ती भोग्नुपरेको छ ।

सांसद भण्डारीले युवाहरुको माग जायज भएको भन्दै अदालती प्रक्रियाको कारण सो सडकको स्तरोन्नतीको लागि अवरोध भईरहेको बताए । उनले अव चाँडै नै अदालती प्रक्रिया टुंगो लगाएर सडक स्तरोन्नती गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका ग्रामिण बस्ती मोवाईल नेटवर्कको पहुँच बाहिर, बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ भएन

विष्णु मगर । देवघाट, असार ७ डिजिटल युगमा सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता बनिसकेको भएपनि