भगवती न्यौपाने सामान्य प्रशासन मन्त्रीमा नियुक्त

Devghat Online

शेयर गरौ

काठमाडौं । असार ३१

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपती रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) मंगलबार न्यौपानेलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन् । न्यौपाने राष्ट्रिय सभामा सत्तापक्षका मुख्य सचेतक समेत थिइन् । घुस लेनदेन प्रकरणमा मुछिएपछि राजकुमार गुप्ताले सामान्य प्रशासन मन्त्रीबाट मंगलबार बिहान राजिनामा दिएका थिए । नवनियुक्त मन्त्री न्यौपाने नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् ।

भानु नपा–८ मा जन्मिएकी न्यौपाने अनेरास्ववियु मार्फत नेकपा एमालेको राजनीतिमा प्रवेश गरेकी हुन् । गोर्खा क्याम्पसमा अध्ययनको क्रममा अनेरास्ववियुको राजनीतिमा लागेकी न्यौपाने त्यसपछि अनेरास्ववियु तनहुँको जिल्ला कमिटि सदस्य हु्ँदै एमालेको राजनीतिमा लागेकी हुन् । उनी अनेमसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, नेकपा एमाले तनहुँको जिल्ला कमिटि सदस्य, जिल्ला कमिटिको सचिव हुँदै चितवनमा सम्पन्न नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

न्यौपाने २०७६ सालमा राष्ट्रिय सभाको सांसदमा निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभामा उनको कार्यकाल आगामी फागुन २० गतेसम्म रहेको छ । न्यौपाने पछिल्लो समय राष्ट्रिय सभामा सरकारको पक्षमा खरोरुपमा प्रस्तुत हुँदै आएकी थिइन् । उनी बिधायन समितिको सदस्य समेत हुन् ।

२०३३ साउन १२ गते भानु नपा–८ तनहुँमा जन्मनुभएकी नवनियुक्त मन्त्री न्यौपानेले त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर पुरा गरेकी छिन् । उनले सांसदको रुपमा विभिन्न अन्तराष्ट्रिय फोरमहरुमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन