राष्ट्रियसभा सदस्य न्यौपानेलाई सामान्य प्रशासनमन्त्री बनाउने तयारी

Devghat Online

शेयर गरौ

काठमाडौं । असार ३१

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदमा नियुक्त गर्ने तयारी गरेका छन् ।

घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएसँगै प्रधानमन्त्री ओलीले न्यौपानेलाई नयाँ सामान्य प्रशासनमन्त्रीको रूपमा नियुक्त गर्न लागेका हुन् ।

‘सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई नियुक्त गर्ने तयारी भइरहेको छ’, प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘चाँडै नियुक्तीको पत्र राष्ट्रपति कार्यालय पठाइँदै छ ।’

 आफूलाई मन्त्री नियुक्त गर्न लागेको अनौपचारिक ढंगले सुनेपनि औपचारिक खबर आइनसकेको बताइन् ।

‘तपाईंहरुजस्तै शुभचिन्तकहरूले बधाई भनेर फोन गर्नुभएको थियो । मैले केको बधाई भन्दा मन्त्री बन्न लाग्नुभएको छ भन्ने जवाफ पाएको छु’, न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीको सचिवालयबाट पनि अनौपचारिक रूपमा बधाई आएकाले प्रधानमन्त्रीज्युले विश्वास गर्नुभएर जिम्मेवारी दिन लाग्नुभएछ भन्ने ठानेकी छु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन