रूपन्देही–३ उपनिर्वाचनः मनोनयन दर्ता असोज २१ मा

Devghat Online

शेयर गरौ

काठमाडौं । साउन ४

निर्वाचन आयोगले रुपन्देही–३ क्षेत्रको प्रतिनिधिसभा उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आइतबार स्वीकृत कार्यतालिका अनुसार उम्मेदवारी दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।

उही दिन बेलुका ५ देखि १० बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ । त्यसपछि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ । उजुरी छानबिन र निर्णय प्रक्रिया असोज २२ को दिउँसो ३ बजेदेखि असोज २३ को बेलुका ५ बजेसम्म चल्नेछ ।

असोज २३ गते बेलुका ५ देखि ९ बजेसम्म अन्तिम उम्मेदवार नामावली प्रकाशित गरिने आयोगले जनाएको छ । त्यसपछि, असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । फिर्ता भइसकेपछि, दिउँसो १ देखि ३ बजेसम्म अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिनेछ र सोही दिन साँझ ३ देखि ६ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

निर्वाचन आयोगकी सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन