तनहुँमा एमालेको सदस्यता ११ प्रतिशतले बृद्धि

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ४

तनहुँमा एमालेका ५२६७ जना संगठित सदस्य कायम

तनहुँमा नेकपा एमालेको सदस्यता ११ दशमलव ६८ प्रतिशतले बृद्धि भएको छ । नेकपा एमालेको सदस्यता ४५६३ रहेकोमा यस वर्ष ७०४ जना नयाँ सदस्य थप भएका छन् । यद्यपी गत वर्ष सम्म सदस्य संख्या ४७१५ रहेकोमा असार मसान्तसम्म ४५६३ जनाको नविकरण भएको छ ।

एमाले तनहुँका अनुसार सबैभन्दा धेरै सदस्य शुक्लागन्डकी नगरपालिकाले थप गरेको छ । शुक्लागन्डकीले १९३ जना नयाँ सदस्य थप गरेको छ । त्यसपछि क्रमशः भिमादले १७५ जना, भानुले ११४ जना र व्यास नगर कमिटिले ६५ जना नयाँ संगठित सदस्य थप गरेको छ ।

त्यसैगरि आबुँखैरेनीले ५३ जना, ऋषिङले ३६ जना, म्याग्देले ३१ जना, घिरिङले १८ जना, देवघाटले १४ जना र बन्दीपुरले ५ जना नयाँ सदस्य थप गरेको एमाले जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारीले जानकारी दिए ।

नयाँ र नविकरण भएका सदस्यगरि एमालेका ५२६७ जना सदस्य कायम भएका छन् । पालिका अनुसार सबैभन्दा धेरै भिमादमा ११७२ जना संगठित सदस्य कायम भएका छन् । त्यसपछि दोश्रोमा शुक्लागन्डकीका १०६७ जना संगठित सदस्य भएका छन् । त्यसैगरि भानुका ८०९, व्यासका ७६९ जना, घिरिङका ३९३ जना, म्याग्देका २८८ जना, बन्दीपुरका २३८ जना, आबुँखैरेनीका २०६, ऋषिङका १७८ र देवघाटका १४७ जना सदस्य कायम भएका छन् ।

संगठित सदस्यको नविकरण र नयाँ सदस्यता विस्तार अभियान उत्साहजनक रहेको एमाले तनहुँका सचिव अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती