विशेष परिस्थितीमा प्रधानमन्त्रीबाट प्राप्त जिम्मेबारी पुरा गर्छुः मन्त्री न्यौपाने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १०

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले विशेष परिस्थितीमा प्रधानमन्त्रीबाट प्राप्त जिम्मबारी पुरा गर्न हरदम लागिपर्ने बताएकी छिन् । नेकपा एमाले जिल्ला कमिटि तनहुँद्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले संघीय मामिला मन्त्रालयले विशेष चुनौती रहेको मन्त्रालय भन्दै उक्त विशेष चुनौतीको आफुले पुरा गर्ने बताइन् ।

यस अघि पार्टीले खटाएको हरेक जिम्मेबारी पुरा गरेको भन्दै उनले अहिलेको मन्त्री पनि पार्टी र प्रधानमन्त्रीले दिनुभएको विशेष जिम्मेबारी रहेको हुँदा यस जिम्मेबारी पनि सफलतापुर्वक पुरा गर्ने बताइन् । मन्त्रीबाट बिदा हुँदा आफु बेदागका साथ बिदा हुने न्यौपानेले बताइन् । आफ्नो मन्त्रालयमा कुनै पनि किसिमको अनियमितता र भ्रष्टाचारको गन्ध आउन नदिने उनले बताइन् । आफु मन्त्रीमा सफल हुनु भनेको नेकपा एमाले तनहुँ सफल हुने भन्दै मन्त्री न्यौपानेले आफुलाई सफल बनाउन सिङ्गो पार्टीले सहयोग गर्नुपर्ने बताइन् ।

नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रीय सल्लाहाकारद्वय प्रतापलाल श्रेष्ठ र नरेन्द्रराज वाग्ले, गन्डकी प्रदेश कमिटिका सदस्य मनुमाया श्रेष्ठ, जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारी लगायतले मन्त्री न्यौपानेलाई सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय