संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री न्यौपानेलाई म्याग्दे गाउँपालिकाद्वारा बधाई ज्ञापन

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १३

म्याग्दे गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको नेतृत्वमा मंगलबार गएको टोलीले सामान्य प्रशासन मन्त्रालयमा मन्त्री न्यौपानेलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।

उक्त अवसरमा मन्त्री न्यौपाने समक्ष म्याग्दे गाउँपालिकाको टोलीले कार्यसम्पादनको क्रममा कर्मचारीको अभाव, विभिन्न ऐनको कारण काममा अप्ठ्यारो परेको सम्बन्धी गुनसो तथा संघीय निजामती ऐनको बारेमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त भेटमा मन्त्री न्यौपानेले म्याग्दे गाउँपालिकाको समग्र विकासकोलागि गाउँपालिकासँग हातेमालो गरेर काम गर्ने बताईन् ।

उक्त भेटमा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, स्वास्थ्य शाखाका प्रमुख तिलकराज घिमिरे र थर्पु आधारभुत अस्पतालकी जनस्वास्थ्य निरिक्षक सक्षम घिमिरेको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन