कम्लेस बेपत्ता प्रकरणः ६ जना पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १४

ब्यास नगरपालिका वडा नम्बर १३ बेलवासका २६ बर्षीय कमलेस चन्द ठकुरी बेपत्ता भएको घटनाको अनुसन्धानको लागि ६ जना पक्राउ गरेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारबाट गत साउन ७ गतेदेखि वेपत्ता भएका कम्लेसको अवस्था अझै अज्ञात रहेको छ ।

उक्त घटनाको अनुसन्धान गरेको प्रहरीले हालसम्म ६ जना पक्राउ गरेको छ । परिवारका सदस्यले पक्राउ परेका व्यक्तिहरु विरुद्ध किटानी जाहेरी दिएका छन् । चन्दका परिवारले जिल्ला प्रहरी कार्यालयमा गएर बेपत्ता सम्बन्धी कसूरमा उनीहरु बिरुद्ध किटानी जाहेरी दिएका हुन् । चन्द बेखबर भएको र उक्त घट्नामा ती व्यक्तिहरुको संलग्न रहेको पाइएपछि जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको अनुसन्धानकोलागि गन्डकी प्रदेश प्रहरी कार्यालयबाट ३ जना विशेषज्ञ अनुसन्धान अधिकृतहरु दमौली आएका छन् । कमलेसका बुवा दिलबहादुर चन्दले झापुटारबाट साउन ७ गते रातिदेखि हराएको छोरोको अवस्था अज्ञात रहेको बताए । छोरोलाई केही युवाहरूले लखेटेर रहस्यमय तरिकाले बेपत्ता बनाएको उनले बताए । कसैले ढुङ्गा हान्ने कसैले धारिलो हतियार प्रहार गर्ने भन्ने सुनेको भन्दै दिलबहादुरले घटनाको निश्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले उक्त घटनाको अनुसन्धानकोलागि ६ जना संकास्पद युवाहरूलाई नियन्त्रणमा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता