बुवाको मृत्युपछि छोरीहरुले घाटसम्म काँध हाले, दागबत्ती दिए अनि काजकिरियामा बसे

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १५

बन्दिपुर गाउँपालिका–५ याम्पाढाब निवासी भिमबहादुर क्षैत्रीलाई २९ वर्षकै उमेरमा रोगले गाल्न थाल्यो, उनी उपचारका लागि धेरै अस्पताल धाए तर रोग पत्ता लागेन उनीलाई आफन्तले सल्लाह दिए एक पटक भरतपुर क्यान्सर अस्पतालमा जँचाउन, उनले त्यसै गरे ब्लड क्यान्सर रोगले गालिसकेको थाहा पाए, उनी छाँगाबाट खसे जस्तै भए, परिवार कसरी पाल्ने ? ७ वर्ष र ३ वर्षकी दुई छोरीको लालनपालन र शिक्षादिक्षा कसरी गराउने भन्ने चिन्ताले पिरल्यो तर हिम्मत भने हारेनन् ।

उनको परिवार पृथ्वी राजमार्गको ढाबमा एक सामान्य होटल ब्यवशाय गरि बसेको थियो । छोरीहरुको लालनपालन, शिक्षादिक्षा र औषधि उपचार गर्नु पर्ने बाध्यता उनी माथि आईपरेपछि होटल सँगसँगै बाख्रा पालन ब्यवशायमा हात हाले, यो अवस्थामा श्रीमती ममताको साथले होष्टेमा हैंसे गर्न थप मद्धत मिल्यो । छोरीहरु साना, रोगको लागिऔषधि भारतबाट मगाउनु पर्ने त्यहिमाथि महँगो । छोरीहरु जेठी निशा र कान्छी अनिशा पढाईमा निकै जेहेन्दार र उत्कृष्ट थिए, समाजका आँखाका नानी थिए । त्यसैको फलस्वरूप उनीहरु हाल उच्च शिक्षाका लागि अष्ट्रेलियामा छन् ।

ब्लड क्यान्सर जस्तो रोगसँग १८ वर्ष सम्म जुध्दै बुधबार राती ४७ वर्षको उमेरमा उनी सधैंका लागि अस्ताए । मृत्युअघि विरामीले गालेपछि अस्पतालमा भर्ना भएका बुवाको उपचार गर्न उच्च शिक्षाका लागि अस्ट्रेलियामा रहेका दुई बहिनी छोरीहरु आए तर उनको अवस्था निकै नाजुक भैसकेकाले उपचार सम्भव भएन । स्थानीयका अनुसार ‘भिमबहादुरको जीवन भोगाईले केही पाठ सिकाउँछ, एक जस्तोसुकै रोगलागे पनि रोगलाई जित्न आत्मबल चाहिन्छ, अर्काे जुनसुकै परिस्थितिमा पनि धैर्यता, हिम्मत र परिश्रम गर्नुपर्छ अनि छोरी र छोरामा भिन्नता गर्नु हुन्न भन्ने नै हो ।’

समाजमा छोराले मात्रे बुवाआमाको काजकिरिया गर्छन भन्ने भ्रम चिर्दै बुवाको मृत्युुपछि छोरीहरु २५ वर्षकी निशा र २१ वर्षकी अनिशाले घरदेखि घाटसम्म काँधमा बोकेर पुर्याएका छन् भने दागबत्ती दिएर काजकिरियामा आमासँगै बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय