नदीमा पानीको बहाव बढेको हुँदा सतर्कता अपनाउन देवघाट क्षेत्र विकास समितिको अनुरोध

Devghat Online

शेयर गरौ

देवघाट । साउन १८

नदीमा पानीको बहाव बढेको हुँदा उच्च सतर्कता अपनाउन देवघाट क्षेत्र विकास समितिले बोलवम स्नान गर्न आउने भक्तजन तथा देवघाटका स्थानीय बासिन्दालाई अनुरोध गरेको छ ।

समितिले आइतबार सार्वजानिक सुचना प्रकाशित गरि हालैका दिनहरूमा मनसुन सक्रिय हुन गई देशका विभिन्न स्थानमा मध्यम देखि भारी वर्षा भैरहेको सन्दर्भमा त्रिशूली नदी, कालीगण्डकी नदी र बेणीसंगम स्थल देखि नारायणी नदीको बहाव उच्च देखिन आएकोले बोलबम मेला स्नान गर्न आउने भक्तजन एवम् स्थानीयबासीहरूमा उच्च सतर्कता अपनाउँदै भौतिक र मानवीय क्षति हुनबाट सुरक्षित रही स्नान गर्न अनुरोध गरेको हो ।

मौसम विज्ञान विभाग तथा बाढी पूर्वानुमान महाशाखाबाट जारी सन्देश अनुसरण गरी सजग र सतर्क रहन समेत क्षेत्र विकास समितिले अनुरोध गरेको छ । हरेक वर्ष साउनको सोमबार मनाइने बोलबम मेलामा बोलवम स्नान गर्न देशका विभिन्न स्थानबाट हजारौं भक्तजन देवघाट आउँछन् । बोलवम स्नान गर्न त्रिशुली र कालीगन्डकीको संगममा हजारौं भक्तजन आउने हुँदा उच्च सतर्कता अपनाउन देवघाट क्षेत्र विकास समितिले अनुरोध गरेको हो ।

चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रुपमा मनाइने बोलबम मेलामा देश बिदेशबाट हजारौं भक्तजन आउने गर्छन् । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास