तनहुँ । भदौ १०
न्यु भिजन युथ क्वल म्याग्दे गाउँपालिका–२ जामुनेको आयोजनामा हरितालिका तीजको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता मंगलबार जामुनेमा सुरु भयो । न्यु भिजन साउदी परिवारको सह–आयोजनामा आयोजित उक्त प्रतियोगिताको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे ।



क्वलले तीजको अवसरमा हरेक वर्ष खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । यस पटकको प्रतियोगिता १३ औं सस्करणको रहेको क्वलका अध्यक्ष सन्तोष श्रेष्ठले बताए । प्रतियोगितामा सहभागित हुनकोलागि १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको र गित तर्फ प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः २५ हजार ५२५, १५ हजार ५२५ र ९ हजार ९९९ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
त्यस्तै नृत्य तर्फ प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः ८ हजार ८८८, ६ हजार ६६६ र ४ हजार ४४४ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । उक्त प्रतियोगितामा गायीका सुष्मा मल्ल ठकुरी, गायक विष्णु बराल, गायीका नविना सुवेदी र गायीका सुभद्रा श्रेष्ठको विशेष प्रस्तुती हुने क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, वडा नम्बर २ का अध्यक्ष शिवबहादुर रानाभाट, क्लवका पुर्व अध्यक्षहरु, सल्लाहाकारहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।












