राष्ट्रिय युवा संघ देवघाट वडा कमिटिको अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ १४

राष्ट्रिय युवा संघ देवघाट गाउँ पालिका वडा नम्बर ५ वडा कमिटिको दोश्रो अधिवेशन शनिबार देवघाटमा सम्पन्न भयो । सो अधिवेशनको राष्ट्रिय युवा संघ केन्द्रीय सचिवालय सदस्य एवम् तनहुँ जिल्ला इन्चार्ज उज्ज्वल खनालले उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै खनालले केपी ओली विना देशको विकास र समृद्धी सम्भव नभएको बताए । उनले देशको विभिन्न ठाउँमा बिकासका संरचना बन्दै गएको र त्यो नेकपा एमालेबाट मात्रै सम्भव भएको खनालले बताए । मिसन ८४ मा देवघाट गाउँपालिकामा नेकपा एमालेको प्यानल लाई बिजयी गराएर देवघाटको मुहार फेर्नुपर्ने खनालले बताए । यसकोलागि युवाहरुको भुमिका महत्वपुर्ण हुने खनालले बताए ।

उक्त अधिवेशनले अध्यक्षमा सन्त बहादुर गुरुङ, उपाध्यक्ष राजु गुरुङ, सचिव सचिन गुरुङ, उपसचिव मेख लाल मगर र हिमाली थापा क्षेत्री तथा कोषाध्यक्षमा निशा भुजेललाई चयन गरेको छ । यस्तै सदस्यहरुमा पुजन आले, समीर मगर, नर्जित गुरुङ, हिरा गुरुङ, अमृत अधिकारी, भुपाल विक, अनुशा भुजेल, प्रकृति ढकाल, भिम गुरुङ, जङ्गे गुरुङ, गोपाल परियार, अर्जुन थापा, अञ्जन तामाङ, पुर्ण बहादुर गुरुङ, रेशम मगर चयन भएका छन् ।

राष्ट्रिय युवा संघ देवघाट वडा नम्बर ५ वडा कमिटिका अध्यक्ष शेर वहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा राष्ट्रिय युवा संघ तनहुँ जिल्लाका अध्यक्ष सुरेन्द्र तामाङ, नेकपा एमाले जिल्ला कमिटिका सचिवालय सदस्य बाबुराम अधिकारी, जिल्ला कमिटि सदस्यहरु केशवचन्द्र न्यौपाने, यालबहादुर गुरुङ, शुकु गुरुङ, कमला देवकोटा, युवा संघ गण्डकी प्रदेश कोषाध्यक्ष जीवन क्षेत्री, अनेमसंघ देवघाटकी अध्यक्ष सावित्री न्यौपाने, नेकपा एमाले देवघाट गाउँकमिटिका उपाध्यक्ष भोजराज नैनावस्ती लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चाललन नेकपा एमाले वडा नम्बर ५ का वडा सचिव विष्णु मगरले र स्वागत मन्तव्य एमाले वडा कमिटिका अध्यक्ष विकास ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास