तनहुँमा शुक्रबार विहानसम्म कफ्र्यु निरन्तर, ५ जना भन्दा बढि भेला हुन नपाईने

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २६

जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ २७ गते शुक्रबार बिहानसम्मको लागि कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले विहिबार सुचना जारी गरि शुक्रबार विहान ६ वजे सम्म लागु हुने गरि कफ्र्युको आदेश जारी गर्नुभएको हो ।

देशमा भएको पछिल्लो घटनाले समाजमा अराजक तत्वहरुको घुसपैठ भई प्रदर्शन, जुलुश, दंगा तथा झडप भई शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२।०५।२६ गते साँझ ७ बजे सम्मको लागि तनहुँ जिल्ला भर स्थानीय प्रशासन ऐन २०२८, (संसोधन सहित) को दफा (६) को उपदफा (३क) बमोजिम निषेधाज्ञा र २०८२।०५।२६ साँझ ७ बजे देखि २०८२।०५।२७ गते विहान ६ वजे सम्म लागु हुने गरि दफा (६क) बमोजिम कफ्र्युको आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधको कार्यक्रम गर्न निषेध गरिएको छ । साथै अत्यावश्यक सेवाका सवारी साधन वाहेक निजी तथा सार्वजनिक यातायातका सबै सवारी साधनहरु संचालनमा रोक लगाईएको र उक्त अवधीमा उक्त आदेशको उल्लंघन गर्ने वा आदेशको पालना नगर्ने, पालना गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन वमोजिम कार्वाही हुने व्यहोरा प्रशासनले जनाएको छ ।

साथै निषेधाज्ञा जारी भएको समय र क्षेत्रमा अत्यावश्यक सेवाका प्रमुख साधनहरु विरामी बोकेका एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, सन्चारकर्मी, पर्यटक सवार सवारी साधन, मानव अधिकार तथा कुटनितिक नियोगका सवारी साधनहरु हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीबाट सहजिकरण हुने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि