देउसी भैलोमा संकलित रकमबाट विपन्न विद्यार्थीलाई न्यानो कपडा

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक १२

देउसी भैलोमा संकलित रकमबाट दमौलीका युवा अभियन्ता महम्मद गफ्फार (सुदिप) र उनको समुहले विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

तिहारमा देउसी भैलो खेलेर संकलन भएको ७३ हजार रुपैयाँबाट सुदिप र उनको समुहले व्यास नपा–५ चिन्तुटार स्थित शुक्र आधारभुत विद्यालयका विपन्न ३० जना विद्यार्थीहरूलाई बुधबार स्वीटर, टोपी र मोजा वितरण गरेका हुन् ।

उक्त अवसरमा व्यास नपा वडा नम्बर ५ का अध्यक्ष हिमाल श्रेष्ठले मानव सेवा नै सबै भन्दा ठुलो धर्म रहेको उल्लेख गर्दै तिहारमा देउसी भैलो खेलेर गरिब र जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा बितरण कार्यको प्रसंशा गर्दै यस्ता कार्यलाई सबैले सहयोग गर्न आवश्यक रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक टिकाराम दाहालले सामाजिक जिम्मेवारी बोध भएका युवाहरूले शिक्षा क्षेत्रमा देखाएको सहयोग प्रशंसनीय रहेको भन्दै यस्तो सहयोगले विद्यार्थीहरूमा पढाइप्रतिको रुचि बढाउने र उनीहरूमा आत्मबल पनि जगाउने बताए ।

युवा अभियन्ता सुदिपले तिहारमा देउसी भैलो खेलेर ७३ हजार संकलन भएको र उक्त रकमले विपन्न विद्यार्थीहरूलाई स्विटर, टोपी र मोजा सहयोग गर्ने अभियान सुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र