बन्दीपुरमा विद्यार्थी प्रतिभा पहिचान अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २३

बन्दीपुर गाउँपालिकाको आयोजनामा आइतबार ‘विद्यार्थी प्रतिभा पहिचान’ कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थी विच नृत्य प्रतियोगिता आयोजना गरियो ।

उक्त प्रतियोगितामा पवित्रा मावि प्रथम, मनास्लु बोर्डिङ द्वित्तिय, भानु मावि तृयित भएका थिए भने कालिका मावि सान्त्वना भएको थियो । विजयी विद्यालय र विद्यार्थीहरुलाई क्रमशः नगद २० हजार, १७ हजार, १३ हजार र पाँच हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

१० वटा विद्यालयको सहभागिता रहेको सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ ,वडा नम्बर ४ का अध्यक्ष दान बहादुर थापा, वडा नम्बर ३ का अध्यक्ष परमेश्वर भट्टराईले गाउँपालिकाले गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

उक्त कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भीम लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र