चक्रवर्ती सहकारीको १४ औं साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, कार्तिक २३

देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा आईतबार देवघाटमा सम्पन्न भयो ।

उक्त साधारणसभाको चक्रवर्ती सहकारी सस्थाका सस्थापक अध्यक्ष शुसिला नेपालले धेरै दुख गरेर तथा संघर्ष गरेर यस सहकारीको स्थापना गरिएको र सहकारीलाई जोगाएर यहाँसम्म ल्याईपुगेको बताइन् । सहकारीको लागि सुरुवात समयमा धेरै गा¥हो भएको अबस्थामा जोगाएर बचाएर यो अबस्थासम्म आउँदा आफुलाइ खुसी महशुस भएको उनले बताइन् । नेपालले देवघाटका महिलाहरुको आर्थिक उन्नतीमा यस सहकारीको ठुलो योगदान रहेको बताइन् ।

देवघाट गाउँपालिका सहकारी शाखाका प्रमुख कृष्णराज पन्तले देवघाटमा गाउँपालिकासँग चक्रवर्ती सामाजिक महिला सहकारीको लागि भवन बनाउनको लागि बजेटको लागि पहल गराउने र त्यसमै आफुले पनि केही रकम सहयोग गर्ने बताए । कुनै पनि सस्था जति ठुलो गोलबन्द हुन्छ त्यसको त्यतीनै महत्व हुने र आज धेरै संख्याको सेयर सदस्य भएको चक्रवर्ती सामाजिक महिला सहकारीको महत्व बढ्दै गएको पन्तले बताए ।

महिला समन्वय समितिका अध्यक्ष इन्द्रा पौडेलले पछिल्लो समयमा सहकारी भन्ने वित्तिकै मानिसहरुले धेरै सोच्न पर्ने अबस्थामा चक्रवर्ती सहकारी नमुना सहकारी बन्दै गएको बताइन् । महिलाहरुले नै परिवार समाज र राष्ट्र परिवर्तन गर्न सक्ने अबस्था सम्म आइसकेको भन्दै उनले महिलाहरुले परिवार देखि लिएर कुनै सस्था चलाउछ भने त्यो संस्था पवित्र हुने पौडेलले बताइन् ।

सहकारीकी अध्यक्ष सावित्री न्यौपानेले चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी सस्था २०६४ सालवाट सन्चालन भएको र सुरुमा ६ वटा समूह गठन गरि एक सय तेह्र जना आबद्ध गराएको र हाल चौवालीस समूह भइ ८१४ सेयर सदस्य पुगेको बताईन् । पछिल्लो समयमा सहकारीले सामाजिक कामहरुमा पनि सहयोग गर्दै आएको अध्यक्ष न्यौपानेले बताइन् । उनले सुरुवात समयमा ७० लिटिर दूध बाट सुरुवात गरेकोमा आज १४ वर्ष पार गरिरहदा प्रतिदिन चार सय दश लिटर दुध संकलन हुने गरेको जानकारी दिइन् । सो दूधबाट विभिन्न परिकारहरु बनाउदै विक्री गर्दै आएको र १०६ जनाले ६ समुह बनाई बेसार खेती गरेको पनि उनले जानकारी दिइन् । उक्त सहकारीमा वडा नम्बर ५ का साथै वडा नम्बर ४ का आमडाडा, गाइघाटसम्मका महिलाहरु सदस्य रहेको अध्यक्ष न्यौपानेले बताइन् ।

सहकारीकी उपाध्यक्ष राधादेवी खनालले स्वागत मन्तव्य राख्दै चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारीले धेरै दुखको साथ महिलाहरु मिलि आफ्नो गाँस काट्दै दुई पैसा जम्मा गर्न पर्छ भन्ने हेतुले जम्मा गर्दै यो अबस्था सम्म आइपुगेको बताइन् ।

सहकारीकी व्यवस्थापक संगिता ओझा भुर्तेलले देवघाट गाउँपालिका र सहकारी सस्थाको समन्वयमा राष्ट्रपति महिला उत्थान जिविकोपार्जनको सुधार कार्यक्रम अन्तर्गत पच्चिस जना एकल महिला, अति विपन्न र भुकम्प तथा वाढी पहिरोबाट पिडित मध्येबाट छनोट गरि जनही पच्चीस हजार बराबरको वाख्रा पालनमा अनुदान उपलब्ध गराईएको बताइन् ।

उक्त कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ सहकारीको ४४ वटा समुह मध्ये उत्कृष्ट चार वटा समुहलाई पुरस्कृत गरिइको थियो । पुरस्कृत हुनेमा अखण्ड ज्योती महिला समुह, मिलिजुली महिला समूह, एकता महिला समूह र कल्याण महिला समूह रहेका छन् ।

उक्त कार्यक्रममा पुर्व अध्यक्ष मिठि माया पौडेल र तारा देवी पन्तलाई सम्मान गरिएको थियो भने उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कृषक सेयर सदस्य, धेरै दूध ल्याउने सेयर सदस्य तथा धेरै दूध उपभोग गर्ने सेयर सदस्यलाई पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रमको सन्चालन सहकारीकी व्यवस्थापक संगिता ओझा भुर्तेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय