भिमादमा सहकारीकर्मीलाई कोपोमिस तालिम

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २७

भिमाद नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका सहकारी संस्थाका प्रतिनिधिलाई व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भयो ।

मंगलबारदेखी आयोजित तालिममा भिमाद नगरपालिका क्षेत्रभित्र रहेका प्रारम्भिक सहकारी संस्थाका कर्मचारीहरु सहभागी थिए । तालिममा विभिन्न सहकारीबाट १६ जना कर्मचारीको उपस्थिति रहेको थियो । उक्त प्रशिक्षणमा प्रशिक्षक योगमणि पाण्डेयले सहजिकरण गरेका थिए ।

कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत अजय सुवेदीले गरेका थिए भने तालिमको संयोजन महिला विकास निरिक्षक विना श्रेष्ठले गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले उद्घाटन गरेको सो तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख दधिराज सुवेदी सहकारी संस्थाहरुले गरिवि निवारणमा भुमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले