देवघाट गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, कार्तिक २७

देवघाट गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता विहिबार सुरु भएको छ । उक्त तालिमको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापाले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सकेपछि अझ खेलाडीहरुले कडा मेहेनेत गर्न पर्ने बताए । खेलकुँदले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने अध्यक्ष थाापले बताए । प्रतियोगितामा सहभागी हुन टाढाका विद्यालयबाट आउने विद्यार्थीहरुलाई गाउँपालिकाले आवतजावत खर्च उपलब्ध गराउने अध्यक्ष थापाले बताए ।

गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले पछिल्लो समयमा देवघाट गाउँपालिका खेलकुद, शिक्षा, स्वास्थ क्षेत्रमा धेरै अगाडि बढेको बताए । देवघाटका खेलाडीहरु अबको ५ वर्षमा राष्ट्रिय खेलाडीमा भाग लिन सक्ने उपाध्यक्ष गुरुङले बताए ।

उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले राष्ट्रको लागि खेलकुद स्वास्थको लागि खेलकुद मात्र नभई, शिक्षा, रोजगारी र आर्थीक र सामाजिक क्षेत्रमा पनि खेलकुदले विभिन्न माध्यमबाट भुमिका खेल्ने बताए । खेलाडीहरु माथिल्लो स्तर सम्म जानकोलागि राष्ट्रपती रनिङ सिल्ड एउटा माध्यम रहेको पाण्डेले बताए । उनले पछिल्लो समयमा देवघाट गाउँपालिका खेलकुद क्षेत्रमा धेरै अगाडि बढि रहेको बताए ।

कालिका माविको व्यवस्थापनमा भएको उक्त कार्यक्रमको अध्यक्षता कालिका माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले गरेका थिए । प्रतियोगितामा देवघाट गाउँपालिकामा रहेको नौ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी छन् ।

प्रतियोगिता अन्तर्गत बिहिबार भएको पुरुष भलिवल प्रतियोगिता अन्तर्गत बालकेश मावि र आदर्श मावि विच भएको खेलमा आदर्श माविले दुई सेटनै जित हासिल गरेको छ भने अर्काे खोलमा राष्ट्रिय मावि र पार्वती माविको खेलमा पार्वती माविले २–० को अन्ततरमा जित हासिल गरेको थियो । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू