मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २७

मोटरसाईकल दुर्घटनामा तनहुँमा विहिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नपा–१ भादगाउँका १९ बर्षीय जगत बाचे मगर रहेका छन् ।

व्यास नपा–१२ घाँसिकुवा स्थित पृथ्वी राजमार्ग सडक–खण्डमा दमौलीबाट डुम्रे तर्फ जादै गरेको ग २३ प ९५४२ नम्बरको मोटरसाईकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा गम्भिर घाइते भएका बाचे मगरको उपचारको क्रममा प्रदेश अस्पताल दमौलीमा विहिबार साँझ मृत्यु भएको थियो । मोटरसाईकलमा पछाडी बसेका बाचे मगरको दुर्घाटनामा टाउकोमा चोट लागेको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक व्यास नपा–१३ बेलवास बस्ने बर्ष २० को निजिन मल्ल घाइते भएका छन् । उनको प्रदेश अस्पताल दमौलीमा उपचार भईरहेको छ ।

हाइस गाडीले ठक्करबाट महिला घाइते

हाइस गाडीले ठक्करबाट शुक्लागण्डकी न.पा–५ बेलचौतारा स्थित पृथ्वीराजमार्गमा विहिबार एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा शुक्लागण्डकी नपा–३ पौवा घर भएकी पैदल यात्री बर्ष ५४ की धन माया आले रहेकी छिन् ।

दुलेगौडाबाट दमौली तर्फ जादै गरेको गन्डकी एफएए ०११४ नम्बरको हाईस गाडिले आलेलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी आलेको उपचारको लागि जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटा पठाएकोमा थप उपचारको लागी मणिपाल अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ । ठक्करदिने हाइसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय