भिमाद नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड तथा नवौं मेयर कप प्रतियोगिता आयोजना

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २९

भिमाद नगरपालिकाको आयोजनामा शुक्रबारबाट भिमाद नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड तथा नवौं मेयर कप प्रतियोगिता–२०८२ सुरु भएको छ । उक्त कार्यक्रममो भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले उद्घाटन गरेका थिए ।

भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख दधिराज सुवेदी, उपप्रमुख सारदा खनाल, ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, जिल्ला खेलकुँद विकास समिति तनहुँका प्रमुख अनिल पाण्डे सहित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका शिक्षकहरु, कर्मचारीहरु तथा विद्यार्थीहरु र नगरबासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा सबल बनाउने, विद्यार्थीहरु बिच स्वस्थ प्रतिस्पर्धा गराउने तथा टिमवर्कको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम भिमाद रङ्गशालामा आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण