मतदाता नामवलीमा नाम दर्ता गर्ने समय ५ दिन थप

Devghat Online

शेयर गरौ

दुर्गानिधि कौडाल । काठमाडौं, कार्तिक २९

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनेको चाप बढेपछि पाँच दिन समय थप गरेको छ । आयोगले शुक्रवार निकालेको विज्ञप्तिमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकको सहजता र सुविधाका लागि नाम दर्ता गर्ने अवधि मङ्सिर ५ गतेसम्मका लागि थप गरिएको उल्लेख छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आयोगलाई समय थप्न आग्रह गरेकी थिइन् । यसअघि आयोगले भोलि कात्तिक ३० सम्मको समय तोकेको थियो । पछिल्लो विवरण अनुसार दुई लाख ५७ हजार पाँच सयभन्दा धेरै नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

आयोगले थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेकोमार्फत् आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठाछाप) दिएर सेवा लिन सकिने व्यहोरा पनि जानकारी गराएको छ ।

आज शनिवार राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले अनलाइनमार्फत् आवेदन गर्न सक्ने र राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले आज शनिवार आवेदन गर्न नसक्ने आयोगले जनाएको छ । आयोगले पहिले नै आवेदन पेश गरिसकेका नागरिकलाई सम्बन्धित निर्वाचन कार्यालयमा गई जैविक विवरण दिने कार्य आज सञ्चालन रहने व्यहोरा पनि जानकारी गराएको छ ।

साथै आयोगले आज शनिवार मतदाता नामावलीमा नाम दर्ताका लागि जैविक विवरण सङ्कलन गर्ने सेवा पूर्ववत रूपमा सञ्चालन गर्न सबै प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराएको छ । राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि अस्तिदेखि अनलाइनबाट नाम दर्ता गराउनेको पनि चाप उच्च छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण